Navigation
News & Events

CTAS Cinema Series-I

Jun 5, 2024

Writes Sanjog Laaphaa Magar:

#आदिवासी चलचित्र#

Doris Pikington Garimara लिखित सत्य घटनामा आधारित पुस्तक Follow the Rabbit Proof Fence मा सन् २००२ मा निर्माण गरिएको Phillip Noyce निर्देशित “Rabbit Proof Fence” आदिवासी चलचित्र तामाङ अध्ययन प्रतिष्ठानको आयोजनामा पहिलो सिरिज हेर्ने मौका मिल्यो ।

Cinema-1-1717562531.jpg
 

अष्ट्रेलियाको सरकारी गोराहरूले आदिवासीलाई तीन पुस्तापछि शुद्व गोरा बनाउने महत्वकांक्षी योजना अनुसार विभिन्न ठाउँको आदिवासी छोरीहरू राखिएको ठाउँमा जिगालो गाउँको आदिवासीका तीनजना छोरीहरू अपहरण गरेर क्याम्पमा राख्छन । उनीहरूले दिएको सुविधाले रोगी बनाउने भएकोले उनीहरू त्यहॉंबाट भाग्छन् । आदिवासी ज्ञान प्रयोग गर्दै जंगल, खोला, पहाडी ढुंगा र लम्पसार मरुभूमि छिचोल्दै घर र आमा भेट्न काकडभिट्टादेखि कन्चनपुर, कन्चनपुरदेखि काकडभिट्टासम्मको लगभग २४०० किलोमीटरको जतिकै अन्नकन्टार यात्रा कसरी तय गर्छन? र आफन्तलाई भेट्छन् ?

यो चलचित्रले माथिङ्गल मात्र हल्लाउँदैन, सोच्न बाध्य बनाउँछ । थुजेछे ।

 

Post Comments